आज बलिउडकी चर्चित नायिका माधुरी दिक्षितको जन्मदिन, शुभकामना दिनेको ओइरो



०२ जेठ २०७७, काठमाडौँ

माधुरी दिक्षित बलिउडकी निकै नै चर्चित नायिका हुन् । एक समयमा बलिउडमा माधुरीको नामले नै चलचित्रहरु सफल हुने गर्थे । माधुरी पहिले जस्तो अहिले फिल्ममा सक्रिय छैनन् । तर विभिन्न रियालिटी शो मा भने उनी देखिरहेकी हुन्छिन् ।

विशेष बलिउडमा माधुरीको डान्सको निकै नै प्रशंसा हुने गरेको छ । उनको डान्स मन नपराउने सायदै कोही छन् होला । आज उनी बलिउड डिभा माधुरी दिक्षितको जन्मदिन रहेको छ ।

आज उनको जन्मदिन भएकाले सामाजिक सञ्जालमा उनका फ्यानले जन्मदिनको शुभकामना दिइरहेका छन् । उमेरले ५० नाघेकी माधुरीमा आज पनि काम गर्ने जोश र जाँगर भने उस्तै नै रहेको छ । उनै माधुरीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्