बुबाको निधन भएको १३ औँ दिनमा पाहुनासरी प्रेमिकासँग पुगेपछि विवादमा मुछिए रणवीर, फ्यानले गरे यतिधेरै गाली



०२ जेठ २०७७, काठमाडौँ

रणवीर कपुर यतिबेला सामाजिक सञ्जालमा निकै विवादमा आएका छन् । बलिउडका दिग्गज अभिनेता अर्थात रणवीरका पिता ऋषि कपुरको केहीसमय अघिमात्र निधन भयो । उनको निधन भएको १३ औँ दिनमा रणवीर कपुरको घरमा प्राथना सभा राखिएको थियो ।

प्राथना सभामा रणवीर आफ्नी प्रेमिका आलिया भट्टसँग आएको तस्बिर भाइरल भएपछि उनी विवादमा तानिएका हुन् । रणवीर र आलियालाई धेरैले निकै नराम्रो कमेन्ट गरेका छन् । यस्तो दुखको घडीमा पनि आफ्नी आमासँग नभएर प्रेमिकासँग बसेको भन्दै उनलाई गालीको ओइरो नै लागेको छ ।

कत्तिले आमाको वास्ता नभएको समेत भनेका छन् भने कत्तिले केहीदिनसम्म आमासँगै बस्दा राम्रो हुने बताएका छन् । यसबारे रणवीर र आलियाले भने कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्