‘न्यूड हुने बित्तिकै महिलालाई अश्लील भन्न मिल्दैन’ : सन्नी लियोनी



०१ जेठ २०७७, काठमाडौँ

बलिउड अभिनेत्री सन्नी लियोनी पूर्व पोर्नस्टार पनि हुन् । अहिले उनले पोर्न क्षेत्रमा काम गरेकी छैनन् । तर बेला बेलामा उनले यहि कारणले गाली गलौच पनि पाइरहेकी हुन्छिन् ।

उनलाई धेरैले भारतमा ‘पोनोग्राफी’ बढाउन जिम्मेवार भएको समेत आरोप लगाउँछन् । जसको कारण श्रीमान–श्रीमतीबीच पनि झैझगडा हुने गरेको बताउँछन् ।

यसबारे उनले गतिलो जवाफ दिएकी छिन् । उनले आफूलाई कसैको पनि पति नचाहेको बताएकी छिन् । उनले आफ्नो पति निकै समझदार र आफूलाई माया गर्ने भएकाले अरु कसैको जरुरत नभएको बताएकी छिन् ।

यस्तै, सनी लियोनले न्यूड महिलालाई अश्लिल मान्न नहुने बताएकी छिन् । उनले आफ्नो करियरको सुरुवातमा न्यूड मोडललाई देख्दा निकै सुन्दर लागेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्