सन्नीको प्रशंसा गर्दै उनका श्रीमानले लेखे- ‘तिमी असल श्रीमती, आमा र प्रेमिका’



०१ जेठ २०७७, काठमाडौँ

हिजोमात्र बलिउड नायिका सन्नी लियोनीले आफ्नो ३९ औँ जन्मदिन मनाइन् । उनको जन्मदिनको अवसरमा उनका श्रीमानले उनको लागि निकै राम्रो विस लेखेका थिए ।

डेनियल र सन्नीको लब म्यारिज भएको हो । त्यसका कारण पनि यी दुईको सम्बन्ध निकै नै राम्रो छ । सन्नी र डेनियल एकअर्कासँग निकै खुसी पनि छन् । उनको जन्मदिनको अवसरमा उनका पति डेनियल वेवरले लेखेका छन्–‘तिमी असल पत्नी, आमा र प्रेमिका हौं ।’

आफूप्रति डेनियलको माया देखेर सन्नी निकै भावुक पनि भइन् । साथै उनले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफूलाई जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएकी छिन् ।

उनले एक भिडियो सार्वजनिक गर्दै भनेकी छिन्–‘म निकै नै भाग्यमानी छु, किनकि तपाईंहरू सबै मेरो जीवनको एक हिस्सा हुनुहुन्छ । मलाई थाहा छ, तपाईंहरू सबै मबाट टाढा हुनुहुन्छ ।

तर, म तपाईंहरूलाई धेरै प्रेम गर्दछु । मलाई आशा छ कि यो परिस्थितिसँग तपाईंहरू सबै मुस्कानको साथ लड्नुहुनेछ र यसबाट बाहिर आउनुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्