लकडाउनमा पार्टी गरेको भिडियो भाइरल भएपछि विवादमा परे रवि लामिछानेदेखि दिपकराज गिरीसम्म



३१ बैशाख २०७७, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा रवि लामिछाने, दिपकराज गिरी, दिपाश्री निरौला, पूजा शर्मा, किरण केसी, उत्सव रसाइली, निकिता पौडेल लगायतका सेलिब्रेटी विवादमा आएका छन् ।

हालै सामाजिक सञ्जालमा एक भिडियो भाइरल भयो । जहाँ यी सेलिब्रेटीहरुले एकसाथ बसेर पार्टी गरिरहेको देख्न सकिन्छ । दिनरात सामाजिक सञ्जालमा जनतालाई लकडाउनको पालना गर्न अनुरोध गर्ने रवि लामिछाने आफैले लकडाउनको उल्लघंन गरेको भन्दै उनको धेरै नै आलोचना भैरहेको छ ।

धेरै प्रयोगकर्ताले सेलिब्रेटी भएर अरुलाई सम्झाउनुको सट्टा आफैले लकडाउन पालना नगरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्