सलमान र ज्याकलिनको ‘तेरे बिना’ रिलिज (भिडियो)



३० बैशाख २०७७, काठमाडौँ

सलमान लकडाउनका कारण घर जान पाएका छैनन् । उनी लकडाउन अघि आफ्नो फार्म हाउसमा थिए । लकडाउनका कारण उनी अहिले पनि आफ्नो फार्म हाउसमै छन् ।

उनीसँगै नायिका ज्याकलिन फर्नान्डेज पनि फार्म हाउसमै रहेकी छिन् । उनीहरुले फार्म हाउसकै वरिपरी केहीसमय अघि एक म्यूजिक भिडियोको छायांकन गरेका थिए ।

भर्खरै उक्त गीत युट्युबमा रिलिज भएको छ । अजय भाटियाको संगीत रहेको गीतमा सब्बिर अहमदको शब्द र आदित्य देवको संगीत संयोजन रहेको छ । सलमानलेनै निर्देशन गरेको भिडियोको एसोसिएट निर्देशक अभिराज मिनावाला रहेका छन् । साजन सिंहको छायांकन र कोरियोग्राफी रहेको भिडियो रितेश सोनीले सम्पादन गरेका हुन् । भिडियोमा सलमान र ज्याक्लिन फर्नान्डीज फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्