‘अरुको कमजोरी नियाल्न समय खर्चनु भन्दा आफ्नो खुबीहरु थाहा पाउन समय निकाल्नुहोस्’ : करिश्मा मानन्धर



२३ बैशाख २०७७, काठमाडौँ

करिश्मा मानन्धर बेला बेलामा सामाजिक सञ्जालमा चर्चामा र आलोचनामा पनि आइरहेकी हुन्छिन् । विशेष उनी सामाजिक सञ्जालमा हाल्ने गरेका स्टाटसका कारण चर्चामा आएकी हुन्छिन् ।

अहिले पनि उनले लेखेको एक स्टाटसले निकै नै चर्चा पाइरहेको छ । उनले लेखेकी छिन्, ‘अरुको कमजोरी नियाल्न समय खर्चिनु भन्दा आफनो खुबीहरु के के छन् भन्ने थाहा पाउन समय खर्च गर्यो भने भोलिको दिनमा काम लाग्छ ।’

उनले मानिसलाई अहिलेको समयमा अरुको कमजोरी औल्याउन समय खर्चनु भन्दा पनि आफूमा भएका प्रतिभालाई बाहिर ल्याउन समय खर्चदा भोलिको दिनमा आफैलाई राम्रो हुने बताएकी छिन् ।

अहिले सबैजना फुर्सदमा छन् । जसका कारण पुराना कुराहरुलाई बाहिर ल्याएर अरुको मजाक उडाउने काम बढेको छ । यसमा विशेष कलाकार मुछिएका छन् । त्यसैकारण नै करिश्माले यस्तो भनेकी होलिन् । जे होस उनको सुझाव सबैले मान्दा सबैको लागि राम्रो नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्