सरकारको तयारी : तीन चरणमा उद्योग सञ्चालन



२३ वैशाख २०७७, काठमाडौं

सरकारले तीन चरणमा उद्योग सञ्चालन गर्ने गृहकार्य थालेको छ ।

बन्दाबन्दी (लकडाउन्) लम्बिँदै जाँदा अर्थतन्त्र धरासायी हुँदै गएको ठहर्याउँदै उद्योग चलाउने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए ।

पहिलो चरणमा अत्यावश्यक र खाद्यन्न उत्पादन गर्ने, दोस्रो चरणमा निमार्ण र पूर्वाधारको क्षेत्र र तेस्रो चरणमा निर्यातमुखी उद्योग चलाउन उच्चस्तरीय समितिमा मन्त्रालयले प्रस्ताव पेश गरेको मन्त्री भट्टले बताए ।

उद्योग सञ्चालनको कार्यविधि नै बनाएर उद्योग सञ्चालनको तयारी गरेको मन्त्रालयले जनाएको छ । उद्योग सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गरेर गर्ने जस्ता सुरक्षाका उपाय अपनाउने कार्यविधि बन्नेछ ।

|सांकेतिक तस्वीर|

प्रतिक्रिया दिनुहोस्