राजनीतिक दलको स्तरमा ह्रास : नेता सुन्दर कुर्मी



२२ बैशाख २०७७, वीरगन्ज

लकडाउन सुरु भएको झण्डै डेढ महिना हुन लाग्यो । यसविचमा जनताले कति समस्या भोगे तर वीरगन्जमा एक पटक पनि सर्वदलीय बैठक बसेन् ।

लकडाउनको ४१ औं दिन आइतवार भने वीरगन्ज महानगरपालिका स्तरीय सर्वदलीय बैठक भएको छ । जसले वीरगन्जस्थित नारायणी अस्पताललाई सर्वसाधरणको साबिक जस्तै उपचारमा प्रयोग ल्याउन निर्णय गरेको छ । धेरै ठाउँबाट आवाज उठे अनुुरुप ढिलै भए पनि यस्तो सर्वदलिय दबाव आएको छ । यसअघि भने एउटा निजी अस्पातलाई आर्थिक लाभ हुने गरी सार्वजनिक खरिद ऐन र नियमावली बिपरित वीरगन्ज महानगरपालिकाले गण्डक अस्पतालसँग कोरोना अस्पताल बनाउने भनेर लिखित सम्झौता गरेको थियो ।

आफूले नै अह्वान गरेको ३ दिने सुचनाको बिरुद्धमा उक्त निर्णय गराउने वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीको अध्यक्षतामा बसेको बैठकले नारायणी अस्पताललाई आम उपचारमा ल्याउन र बेग्लै कोरोना अस्पताल स्थापना र संचालन गर्न अनुरोध गरेको छ । तर उक्त बैठकपछि राजनीतिक दलहरुको स्थानीय नेतृत्वको ओज क्षयिकरण भएको बिषय भने वीरगन्जमा निकै चर्चामा आएको छ । महानगरपालिकाका नगर अध्यक्ष विजय सरावगीले अध्यक्षता गरेको बैठक स्वत: नगरस्तरीय भएकोले त्यसमा दलका नगर अध्यक्षहरुको निर्णय र बैठकमा सामेल हुनुपर्नेमा जिल्ला अध्यक्षहरुले त्यो भूमिका गरेका छन् ।

नेकपाका वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारीको ठाउँमा प्रभु हजराले नेपाली काँग्रेसका वीरगन्ज महानगर अध्यक्ष भोला कलवारको ठाउँमा अजय कुमार द्विवेदी, जनता समाजवादी पार्टी वीरगन्ज महानगर अध्यक्ष (साबिक समाजवादी पार्टीतर्फबाट) इश्वरचन्द्र यादवको ठाउँमा रामनरेश यादव र सोही पार्टीको अर्का नगर अध्यक्ष (साबिक राजपातर्फबाट) ओमप्रकाश सर्राफको ठाउँमा जगदीश पटेल नगरस्तरमा ओर्लेर बैठकमा भाग लिएका छन् ।

गत चैत २८ गतेको परीक्षणमा ३० गते वीरगन्जको छप्कैया वडा नम्बर २ को एउटा यतिमखाना (अनाथालय)संगै रहेको मस्जिदबाट ३ जना भारतीय मुस्लिमहरु संक्रमित फेला परेपछि उक्त क्षेत्र ४ दिनसम्म सिल गरिएको थियो । सो अवधीमा छप्कैयाका हजारौं मानिसहरु भोकभोकै बसेको बेला सर्वदलीय बैठक, अनलाईन छलफल वा साझा बिज्ञप्ति यहाँ निकालिएन । त्यसबेला वीरगन्जको अन्य क्षेत्रमा पनि औषधी बाहेक सबै पसलहरु बन्द गराइएपछि मानिसहरु समस्या खपे । यस विचमा अरु पनि अनेक खाले बाधा र समस्या वीरगन्जले भोग्यो तर यि दलहरुको सामूहिक आवाज कतै सुनिएन । अहिले अचानक आएर दलिय आजाव मुखर भएको छ, त्यो पनि लोकतन्त्रमा उच्च मानिने दलीय ब्यवस्थाको ओज खस्काउने गरी ।

अहिले ठोस् भुमिका गर्न सकेका जिल्ला अध्यक्षहरुले भूमिका देखाउनैका लागि यस्तो गरेको कतिपयको बुझाई छ भने यसलाई गण्डक अस्पताको पक्षमा नगरप्रमुख सरावगीको पहलकदमीको रुपमा कतिपयले यसलाई अथ्र्याएका छन् । कुनै निजी अस्पतालको नाम उल्लेख नगरेकोले सर्वदलिय बैठकबाट प्रस्तुत गरिएको माग भने समयसापेक्ष र मनासिब भएकोमा दुई राय देखिएको छैन । यसको भित्रि उद्देश्य अहिले नै ठम्याइ हाल्दा हतार हुने जिल्लाका एक जना नेता सुन्दर कुर्मीले बताए ।

‘जिल्ला अध्यक्षज्युहरु आ–आफ्नो नगरअध्यक्ष पठाउनु पर्ने ठाउँमा स्तर खस्काउदै आफै गएरको हुनाले यो राजनीतिक ह्रास नै हो, नयाँ नेतृत्व बिकासमा पनि यसै प्रबृतिले बाधा छ,’ नेता कुर्मीले भने, ‘यहीँ निर्णयको लागि पार्टीको तर्फबाट नगर अध्यक्षहरुलाई निर्देशन दिएर उहाँहरुले बैठकमा भाग लिन पाठाएको भए हुन्थ्यो, वा बरिष्ठताको अधारमा एक जना जिल्ला अध्यक्ष ज्युले अध्यक्षता गरेर त्यसमा नगरप्रमुख सरावगीलाई बिशेष उपस्थिती गराएको भए हुन्थ्यो ।’ नेपाल नेत्रज्योति संघ मातहतको र ट्रस्टद्वारा संचालित समुदायको धरोहर रहेको परवानीपुरस्थित केडिया आँखा स्पताललाई कोभिड–१९ अस्पताल बनाउन पहल हुनु पर्ने उनले राय ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्