काठमाडौं प्रवेशमा कडाइ



२२ वैशाख २०७७, काठमाडौं

बाहिरी जिल्लाहरुबाट राजधानी काठमाडौं प्रवेशमा थप कडाइ हुने भएको छ ।

बाहिरी जिल्लाका मानिसहरु राति–राति काठमाडौं प्रवेश गर्न थालेपछि नाकाहरुमा कडाइ गर्न थालिएको हो । महानगरीय प्रहरी परिसरले अब बिरामीबाहेक अरु काठमाडौं छिर्न नपाउने गरी कडाइ गर्न लागिएको जनाएको छ ।

गृहस्रोतले पनि अन्य जिल्लाले काठमाडौं छिर्ने पास दिन नसक्ने उल्लेख गर्दै बिरामीबाहेक अरुलाई प्रवेशमा कडाइ गरिने जनाएको छ ।

काठमाडौं उपत्यकाबाहिरका जिल्लामा संक्रमितको संख्या बढेसँगै काठमाडौं प्रवेश गर्नेहरुका कारण जोखिम पनि बढ्नसक्ने भएकाले नाकाहरुमा कडाइ गर्न लागिएको जनाइएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्