अधुरै रह्यो ऋषिको यस्तो सपना…



१९ बैशाख २०७७, काठमाडौँ

हिजोमात्र बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भयो । उनको निधनले समस्त बलिउडलाई स्तब्ध तुल्याएको छ ।

ऋषिको अन्तिम संस्कार हिजो नै गरिएको छ । ऋषिको एउटा ठूलो इच्छा थियो, जुन अधुरै रह्यो ।

उनी आफ्नो छोरा रनवीर कपुरको विवाह भएको हेर्न चाहन्थे । नाति नातिना खेलाउने उनको ठूलो रहर थियो । तर उनले आफ्नो रहर पुरा गर्न सकेनन् । उनले छोरा रनवीर कपुरको विवाह भव्यसँग गर्ने सोचेका थिए । तर त्यो सम्भव हुन सकेन ।

लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका ऋषिको ६७ बर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्