ऋषिलाई आफ्नै काखमा हुर्काएकी लताले भनिन्, ‘म शब्दविहिन छु’



१८ बैशाख २०७७, काठमाडौँ

ऋषि कपुरको निधनले बलिउड चलचित्रकर्मीलाई निकै नै स्तब्ध तुल्याएको छ । हिजोमात्र इरफान खानको निधनले सबैलाई दुखी बनाएको थियो । उनले संसार छोडेको केही घण्टामै बलिउडका अर्का हस्ति ऋषि कपुरले पनि संसार छोडे ।

ऋषि कपुरको निधनले सबैभन्दा दुखी बलिउडकी चर्चित गायिका लता मंगेशकर छिन् । लताको ऋषिसँग निकै पुरानो सम्बन्ध रहेको छ । ऋषिलाई लताले आमाले जसरी हुर्काएकी छिन् । ऋषि मात्र ६ महिनाको हुदाँदेखि लताको काखमा हुर्केका हुन् ।

लताले आफ्नो र ऋषिको पुरानो तस्बिर सेयर गर्दै उनको निधनले आफूलाई निकै स्तब्ध तुल्याएको बताएकी छिन् । साथै उनले आफू शब्दविहिन भएको पनि बताएकी छिन् ।

लत्ताले ऋषि कपुर ६ महिनाको हुँदा उनलाई काखमा बोकेकी थिइन् । सोही तस्वीर शेयर गर्दै लत्ताले लेखेकी छिन्–‘केही समय पहिला मलाई ऋषिले यो तस्वीर पठाएका थिए । मलाई ती दिनहरुको याद आइरहेको छ । म शब्दबिहिन भएकी छु ।’

प्रतिक्रिया दिनुहोस्