ऋषिसँग काम गर्ने दिपिकाको सपना अधुरै



१८ बैशाख २०७७, काठमाडौँ

आज बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । हिजोमात्र बलिउड अभिनेता इरफान खानको निधन भएको थियो । इरफानको निधन भएको २४ घण्टा नबित्तै बलिउडले अर्का ठूला अभिनेतालाई गुमाएको छ ।

ऋषि र इरफानको निधनले यतिबेला पुरा बलिउड ने शोकमा डुबेको छ ।

स्वास्थ्यमा समस्या आएपछि ऋषि कपुरले गतबर्षदेखि चलचित्रमा काम गर्न सकिरहेका थिएनन् । क्यान्सर रोगका कारण अमेरिकामा उपचार गराइरहेका ऋषि कपुर भारत फर्किएलगतै नायिका दीपिका पादुकोणले एक नयाँ चलचित्रको घोषणा गरेकी थिइन् । जहाँ, उनी र नायक ऋषि कपुरले अभिनय गर्ने पक्का भएको थियो ।

दिपिका स्वयमले यो कुराको जानकारी ट्वीटरमार्फत दिएकी थिइन् । ऋषि कपुरसँग काम गर्ने उनको ठूलो रहर थियो । तर उनको सपना अधुरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्