बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन



१८ बशाख २०७७, काठमाडौँ

बलिउडले हिजोमात्र बलिउडका निकै नै चर्चित अभिनेता इरफान खानलाई गुमायो । इरफानलाई गुमाएको २४ घण्टा नबित्तै बलिउडले फेरि अर्का महान हस्तिलाई गुमाएको छ ।

क्यान्सरका कारण अस्पतालमा भर्ना भएका अभिनेता ऋषि कपुरको निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको एचएन रियालयन्स फाउण्डेसन अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको छ । उनको निधनले पुरा बलिउड फिल्म क्षेत्र नै स्तब्ध भएको छ ।

ऋषिको ६७ बर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्