स्वास्थ्यमा समस्या देखिएपछि बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्पताल भर्ना



१८ बैशाख २०७७, काठमाडौँ

बलिउडका निकै चर्चित अभिनेता ऋषि कपुर स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । क्यान्सरबाट ग्रसित ऋषिलाई मुम्बइस्थित एचएन रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना भएका छन् ।

ऋषिलाई अस्पतालमा भर्ना गरिएको कुराको जानकारी उनका भाई रणधीर कपुरले दिएका छन् ।

रणधीरले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीअनुसार ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या छ । अहिले उनको स्वास्थ्य स्थीर रहेको रणधीरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्