मृत्युअघि इरफानले समर्थकको लागि लेखेका थिए यस्तो मार्मिक कविता…



१७ बैशाख २०७७, काठमाडौँ

आज बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनी बलिउडका निकै नै चर्चित अभिनेता थिए । उनको अभिनयको मात्र नभएर व्यक्तित्वको पनि सबैले प्रशंसा गर्ने गरेका थिए । त्यसैले पनि उनको निधनले सबैलाई स्तब्ध तुल्याएको छ ।

इरफानले केहीसमय अघि आफ्ना फ्यानका लागि एक कविता लेखेका थिए । आज उनले कवितामा लेखेका हरेक शब्द साचो निस्किएका छन् । अहिले सामाजिक सञ्जालमा उनको कविता चर्चामा आएको छ ।

विशेष इरफानको कविता पुनः पढेर उनका फ्यानहरु निकै भावुक भएका छन् । इरफानको अन्तिम संस्कार आजै गरिएको छ । तर कोरोनाको त्रासका कारण उनको अन्तिम संस्कारमा उनको परिवार र नजिकका साथीभाई गरेर मात्र २० जना गएको भारतीय मिडियाले जनाएको छ ।

यस्तो छ इरफानको कविता-

हिँडिराख, कुनै भावना अन्तिम होइन 
भगवानले हामी सबैसँग कुरा गर्छन् 
जसरी उनले हामी सबैलाई बनाउँछन् 
र,हामीसँग रातको समय शान्तसँग बाहिर हिँड्छन् 
यी शब्दहरु हामीले मधुरो सुन्छौं 
तिमी, आफ्नो स्मृतिबाट बाहिर निस्क 
आफ्नो लालसाको सीमासम्म जाउ 
मलाई फैलाउ 
आगो जसरी फैल र ठूलो छाया बनाउ
जहाँ म हिंड्न सकूँ
तिमीमा सबै घट्न देउ– सुन्दरता र आतंक 
केवल हिँडिराख
कुनै भावना अन्तिम होइन
मलाई आफै नगुमाउ 
नजिकै एउटा देश छ, उनीहरु त्यसलाई जीवन भन्छन् 
तिमीले गम्भीरता हेरेर यसलाई बुझ्नेछौं 
मलाई तिम्रो हात देउ

प्रतिक्रिया दिनुहोस्