बलिउड अभिनेता इरफान खानको निधन



१७ बैशाख २०७७, काठमाडौँ

बलिउड अभिनेता इरफान खानको निधन भएको छ । केहीदिन देखि स्वास्थ्य स्थिति बिग्रिएका कारण उनी मुम्बईको कोकिलाबेन हस्पिटलमा आइसीयूमा भर्ना भएका थिए ।

उनको करिब १ हप्तादेखि कोकिलाबेन अस्पतालमा उपचार भैरहेको थियो । तर उनको परिवारलाई भने यसबारे केहीपनि जानकारी दिइएको थिएन । उनको स्वास्थ्य स्थिति निकै नै बिग्रिएको थियो । जसका कारण आज उनले सबैलाई छोडेर गएका छन् ।

उनको ५३ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्