योगा गर्ने क्रममा घाइते भइन् करिश्मा



१६ बैशाख २०७७, काठमाडौँ

भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री करिश्मा तन्ना यतिबेला लकडाउनको कारण घरमै समय बिताइरहेकी छिन् । करिश्मा लकडाउनको समय सदुपयोग गर्न योगा गरिरहेकी छिन् ।

यस्तै योगाका विभिन्न आसन सिक्ने क्रममा उनी नराम्रोसँग घाइते भएकी छिन् । करिश्मा आफैले यो कुराको जानकारी दिएकी छिन् । हात र खुट्टा जोडेर गर्ने आसन सिक्ने क्रममा ब्यालेन्स बिग्रिएका कारण उनी लडिन् र उनलाई चोट लाग्यो ।

करिश्माले भनिन्, ‘केही नयाँ सिक्ने चक्करमा घाइते भएँ। म वृश्चिकासन गर्दै थिएँ। बीचमा मेरो फोकस डगमगायो। यस कारण मेरो ब्यालेन्स पनि बिग्रियो। अनि म बायाँतिर राखिएको ग्लास बाउलमा ठोक्किन पुगें। यो निकै डरलाग्दो थियो, मेरो खुट्टाबाट निकै रगत बगिरहेको थियो।’

तर अहिले उनको स्वास्थ्य सामान्य नै छ ।

प्रतिक्रिया दिनुहोस्