कुकुरको स्केच बनाएकी यी बालिकालाई अभिषेकले दिए १ लाख नगद उपहार



१६ बैशाख २०७७, काठमाडौँ

बलिउड अभिनेता अभिषेक बच्चनले कुकुरको स्केच बनाउने एक बच्चीलाई १ लाख उपहार दिएका छन् ।

बलिउडकी चर्चित कोरियोग्राफर तथा निर्देशक फराह खानकी छोरी अनन्याले सडकमा अलपत्र परेको कुकुरको स्केच बनाएकी थिइन् । उक्त कुकुर अभिषेकलाई निकै मन पर्यो ।

स्केचकै लागि उनले अनन्याले १ लाख नगद उपहार पनि दिए । यो कुराको जानकारी फराहले आफ्नो इन्ष्टाग्राममा अभिषेक र उनको एक तस्बिर सेयर गर्दै दिएकी छिन् ।

उनले लेखेकी छिन्, ’यस्तो कसले गर्छ’ । उनले अभिशेकसंग अन्कमाल गरेको तस्विरको साथ कुकुरको स्केच समातेकी छोरीको तस्विर सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्