‘नेपाल आइडल’ बाट चर्चामा आएका गायक विक्रम बराललाई सामाजिक सञ्जालमा कसैले अपशब्द प्रयोग गर्दै गरे गाली…



१६ बैशाख २०७७, काठमाडौँ

नेपाल आइडल सिजन २ का फस्ट रनरअप विक्रम बराल अहिलेका चर्चित गायक हुन् । बजारमा उनको डिमाण्ड राम्रो छ । उनै विक्रम हालै सामाजिक सञ्जालमा एक पोष्ट गरेका छन् ।

जहाँ उनले कसैको आइडी रिपोर्ट गर्न आग्रह गरेका छन् । वास्तवमा विक्रम र उनकी श्रीमतीलाई कसैले अपशब्द प्रयोग गरेर गाली गरेको छ । जुन कुरा विक्रमले सहन सकेनन् । उनले सामाजिक सञ्जालमा आफूलाई गाली गर्ने व्यक्तिहरुको फेसबुक आइडीसहित स्टाटस लेख्दै उनीहरुलाई कारवाही गर्ने माग गरेका छन् ।

विक्रमले लेखेका छन्-

कुरा आज बिहानको हो, उठ्ने बित्तिकै Good Morning babu भनेर नजिकै आएर बस्ने श्रीमती अलि निराश भएर रङ्ग उडेको अनुहार देखेपछि के भयो भनी सोधे, धेरै पटक सोधेपछी सरि मैले गल्ती गरे भनिन् , उनको गल्ती थियो हिजो को लाइभमा चित्त नबुजेको कमेन्ट्मा रिप्लाई गरेकी रहिछन् ।। मैले पढे मनमा चिसो भयो। नेपाली नारी हुन श्रीमान् लाइ हेपेको जस्तो लागेर रिप्लाई दिएकी रहिछन् । म साधारण परिवारमा जन्मिएर हुर्केको मान्छे सानैदेखी संगीतमा रुची भयो गीत गाउन थाले पछी Voice of Pokhara ra Nepal Idol जस्तो ठुलो ठाँउमा आफुलाइ चिनाउने मौका पाए। Nepal Idol पछी धेरै राम्रा मान्छेहरु पनि कमाए खुसी लाग्छ। मन पर्दैन भने नसुन्नुस नहेर्नुस त्यो तपाईंको अधिकार हो मलाइ केहि गुनासो छैन, म ठुलो हु मलाइ सम्मान गर्नुस पनि भनेको हैन तर येस्तो किन, के का लागी?? अर्काको मनमा ठेस पुरायेर पाइन्छ चै के?? मलाइ यो कुरा चै पचाउन अलि गारो भयो। मलाइ मात्र हैन अरु धेरै सुरुवातको समयमा भएका कलाकार लाइ येसो गर्नुहुन्छ, यो सब के को लागी?? ईन्टरनेटको प्रयोग अरु धेरै राम्रो कुरामा गर्न सकिदैन र?? अचम्म लाग्छ मान्छे हरु किन येस्तो गर्छन् ??? संसार भरी यस्तो महामारी भएको बेला तपाइहरुलाइ मनोरञ्जन गराउने कोसिस त हो हाम्रो!!! सकिन्छ राम्रो गरौ सकिदैन नराम्रो नगरौं !

प्रतिक्रिया दिनुहोस्