अनेरास्ववियु सिटिइभिटी उपत्यका कमिटीद्वारा राहत बितरण



१३ बैशाख २०७७, काठमाडौं

अनेरास्ववियु सिटिइभिटी उपत्यका कमिटी, टोखा नगरपालिका र रोना इन्टरनेशल एकडेमी बानियाँटारको समन्वयमा टोखा नगरपालिकाभित्र बसोबास गर्ने विद्यार्थी र केही मजदुरहरुलाई राहत बितरण गरिएको छ ।

अनेरास्ववियु चर्चित नेता सुदेश पराजुली र  केन्द्रिय  सदस्य मेघनाथ चापागाई टोखा नपा मेयर प्रकाश अधिकारी सिटिइभिटी नेता हर्क बहादुर बमको उपस्थितमा अनेरास्ववियु  सिटिइभिटी  उपत्यका कमिटीले राहत बितरण गरेको अनेरास्ववियु उपत्यका कमिटीका अध्यक्ष मनसिह धामीले परिवर्तन खबरलाई जानकारी गराएका छन् ।

एकद्वारा प्रणालीलाई ध्यानमा राख्दै कोहि नदोहोरिउन भन्नको लागि नगरप्रमुख र वडा अध्यक्ष समेतको उपस्थितिमा राहत बितरण हो । धामीले भने, ‘अझैं कोहि पीडित भए सहयोग गर्न तयार छौं ।’

अनेरास्ववियु उपत्यका सदस्य ज्ञान बहादुर शाहीले अत्यन्तै समस्यामा परेका प्राविधिक तथा मजदुरले राहत बितरण गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्