कुनै समयमा यस्ता थिए अभिनेता दयाहाङ राई…



११ बैशाख २०७७, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा निकै संघर्ष गरेर आएका अभिनेता दयाहाङ राई पनि हुन् । आफ्नो यो पहिचान बनाउन उनलाई सजिलो थिएन । सानै उमेरदेखि नै उनले जीवनमा धेरै उतारचढाव झेल्दै आएका छन् ।

जसका कारण नै आज दयाहाङ राई नेपाली सिने जगतको लोकप्रिय नाम बनेको छ । हरेक किसिमको भूमिकालाई जीवन्त पर्दामा उतार्न सक्ने दया अहिलेका निकै डिमाण्डेड अभिनेता हुन् ।

उनको जीवन्त अभिनयका कारण नै सामाजिक सञ्जालमा उनलाई पछ्याउनको संख्या लाखौँमा रहेको छ । दया अहिले लकडाउनका कारण आफ्नो परिवारसँग समय बिताइरहेका छन् ।

यसैबिच उनले सामाजिक सञ्जालमा आफ्ना पुराना तस्बिरहरु सेयर गरेका छन् । तस्बिरमा उनी निकै नै भर्खरका देखिएका छन् । जसका कारण झट्ट हेर्दा उनलाई छुट्याउनै गाह्रो हुन्छ । तर दयाको तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । तस्बिरमा धेरैले दया अहिलेभन्दा पहिले ह्याण्डसम भएको प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्