असहज भए सम्पर्कमा आउन काठमाडौं महानगर ३१ वडाका जनप्रतिनिधि द्वारा आव्हान



०३ बैशाख २०७७, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं ३१ मा बसोबास गर्ने सम्पूर्ण नागरिकहरुलाई असहज अवस्था आए सम्पर्क गर्न वडा कार्यालयले सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

संसारभर फैलिरहेको कोभिड-१९ भाइरसका विरुद्धमा लड्न एकमात्र उपाय लकडाउनका कारण चैत्र ११ देखि सम्पूर्ण नेपाली जनता घर भित्र बस्न बाध्य छन् । सरकारले काठमाडौंको सनसिटी अपार्टमेन्टमा रहेका २ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरिसकेको छ । काठमाडौं मै कोरोनाका संक्रमित देखिए सॅगै लकडाउनलाई थप कडाई गरिने सुरक्षा निकायले जनाएको छ ।

देशैभरि संक्रमितको संख्या बढेसॅगै नेपाल सरकारले आज बसेको मन्त्रिपरिषद्को बैठकबाट वैशाख १५ गते सम्म लकडाउन लम्व्याउने निर्णय गरेको छ ।

अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, अपरिचित मान्छे आफ्नाे टाेलमा आएकाे भए खवर गर्न साथै विदेशवाट आएर टाेलमा बसी कुनै पनि सरकारी निकाएलाई जानकारी नदिई बसेकाे थाहा पाएमा तत्काल खवर गरिदिन वडा अध्यक्ष नारायणप्रसाद भण्डारीले आग्रह गरेका छन् ।

लकडाउनको समय थप भए सॅगै नगर वडाबासीको दिनानुदिनको जीवनयापनमा पर्न सक्ने असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना नागरिकहरुलाई कुनै कठिनाई उत्पन्न भए निम्न जनप्रतिनिधिहरुका मोबाइल नम्बरमा सम्पर्क गर्न प्रदेश सभा तथा वडा समितिले आग्रह गरेका छन् ।

१. गणेश प्रसाद दुलाल ( बाग्मती प्रदेश सभा सांसद) -९८५१०६०४५९
२. राजेन्द्र गुरुङ ( बाग्मती प्रदेश सभा सांसद) – ९८५१०८४५४२
३. नारायण प्रसाद भण्डारी ( वडा अध्यक्ष)- ९८५१२७९९३१
४. सरोज ढकाल ( वडा सदस्य) – ९८०८१०४९७६
५. रमेश सत्याल ( वडा सदस्य) – ९८५१०६४८९२
६. हुमा आचार्य ( वडा सदस्य)- ९८४१९३७८२२
७. सान्नानी मिजार ( वडा सदस्य) – ९८४९९८५३०३

प्रतिक्रिया दिनुहोस्