भूमिसम्बन्धी समस्या समाधान आयोग गठन



०३ वैशाख २०७७, काठमाडौं

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग, २०७६ गठन गरेको छ ।

देवी ज्ञवालीको अध्यक्षतमा बुधबार आयोग गठन गरिएको हो । आयोगको सदस्यहरुमा भीमबहादुर कार्की (पोखरा), जगत देउजा (सिन्धुपाल्चोक), मञ्जली शाक्य (ललितपुर) र दिनेशचन्द्र यादव (बाँके) रहेका छ ।

अध्यक्ष ज्ञवाली चितवन महानगरपालिका मेयर रेणु दाहालसँग पराजित भएका थिए । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललका प्रेस संयोजक देविका घर्ति मगरले आयोग गठन भएको बारेमा जानकारी दिएका हुन् ।

गत ९ चैत्रमा मन्त्री परिषद्को निर्णयअनुसार आयोग गठन गरिएको हो । भूमि सम्बन्धी ऐन (आठौं शंसोधन) २०७६ मा भूमिको व्यवस्थापनका लागि आयोग गठन गरिने उल्लेख गरिएको छ ।

उक्त ऐनअनुसार आयोग गठन गरिएको हो ।

v

प्रतिक्रिया दिनुहोस्