पलातामा कार्यदल र जनप्रतिनिधिद्वारा पिपिईको दुरुपयोग



३० चैत २०७६, काठमाडौं

कोराना कहर विश्वभर फैलिएको कोराना भाइरस रोकथाम र नियन्त्रणका लागि देश लकडाउनमा छ र सङ्क्रमणबट बँच्नका लागि विभिन्न मेडिकल उपकरणको प्रयोग गरिरहेका छन् । तर कालिकोटको पलाता गाउँपालिकाले, गाउँको भाषामा गजिनो जस्तो एक सरे ताल भएका मास्क कथित कार्यदलको नेतृत्वमा साबिकको, धौलागोह र खिनका केही ठाउँमा वितरण गरिएको स्थानीयवासीले बताए ।

उक्त  मास्कको विषयमा स्थानीयले प्रश्न गरेपछि यस्ता माक्सलाइ नजिकको स्वास्थ्य चौकीमा राखिएको र थप मास्कको व्यवस्थाका लागि गाउँमै सिलाउन लागिएको पनि जानकारी गराईयो ।

कोभिड १९ को सम्वेदनशील अवस्थामा खोक्रो लोकप्रियताबाट माथी उठेर पलाताका जनताको स्वास्थ्यमा खेलबाड गरेको देखिन्छ । पिपिई प्रयोग गरेका सबै ब्यक्ती के स्वास्थ्य कर्मी नै हुनत भनेर एक स्थानीयसँग सोधपुछ गर्दा उनले जवाफमा सेतो कलरको पिपिई प्रयोग गरेका ब्यक्ति स्वास्थ्यकर्मी रहेको र कालो पिपिई प्रयोग गरेका ब्यक्ती कठित कार्यदलका सदस्य रहेको बताए ।

कृपया अन्जानमा यस्तो भएको हो भन्दा ठिक हुन्थ्यो किनकी सबैका काम सबैले जानेका हुँदैन तर सबै स्वास्थ्यकर्मी नै हुन भन्न सुहाउँदैन भन्दै यस्ता कथित नामका कार्यदल र सम्बन्धित स्थानीय निकायलाई पिपिई दुरुपयोगमा स्वास्थ्य ऐन अन्तर्गत कारवाही गर्न समेत स्थानीयले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्