कपन सहायता महिला समाजद्वारा निःशुल्क मास्क र ग्लब्स वितरण



३० चैत २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा रहेको कपन सहायता महिला समाजले निःशुल्क मास्क र ग्लब्स वितरण गरेको छ । लायन्स क्लब अफ ओखलढुंगा, समाजसेवी चित्रकुमार दाहाल तथा अन्य स्थानीय समाजसेवीको पहलमा निःशुल्क रुपमा टोलवासीलाई मास्क र ग्लब्स वितरण गरीएको हो ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ वडाध्यक्ष शम्भु प्रसाद भट्टराई र वडा सदस्य डिल्ली प्रसाद खतिवडाले नागेश्वरी र गोशाइकुण्ड टोलका प्रतिनिधीलाई मास्क र ग्लब्स हस्तानातरण गरेका थिए । वडाको नागेश्वरी र गोशाइकुण्ड टोलमा रहेका संपुर्ण घरपरिवारका सदस्य तथा डेरामा बस्नेलाई मास्क र ग्लब्स निःशुल्क वितरण गरिएको संस्थाका अध्यक्ष कुन्ता दाहालले परिवर्तन खबरलाई बताईन् ।

त्यसैगरी संस्थाका सचिव कमला पराजुलीका अनुसार थोरै सहयोग गरेर भएपनि आफ्नो टोल तथा छिमेकमा बस्नेलाई सकारात्मक सोचको विकास गर्न तथा हामी सुरक्षित छौ भन्ने विश्वास दिलाउन महिला समाजले मास्क र ग्लब्स वितरण गरेको हो । नागेश्वरी टोलका ४२ र गोशाइकुण्ड टोलका ३३ गरी ७५ घरमा बसोबास गर्ने सम्पुर्णलाई वितरण गरीएको संस्थाका अध्यक्ष कुन्ता दाहालले जानकारी गराईन् ।

प्रतिक्रिया दिनुहोस्