कोरोना लागेको भन्दै छोराहरुलाई घरमै छाडेर भागे बुवाआमा !



३० चैत २०७६, एजेन्सी

भारतका एक परिवारमा दुई छोरालाई कोरोना संक्रमण देखिएपछि आमाबुवा घरबाट भागेका छन् ।

भाग्ने आमाबुवाले आफूलाई प्रहरी प्रशासनले क्वारेन्टीनमा राख्ने हो कि भन्ने पीरले शनिवार राति घर छोडेर भागेका हुन् । उनीहरु पैदलै हिँडेर इन्दोरबाट उज्जैनस्थित महिलाको माइती घर पुगेका हुन् । तर माइतका मानिसले पनि उनीहरूलाई घरमा पस्न दिएनन् ।

पछि उनीहरूले चिनेको एकजनाले प्रहरी कार्यालय सम्म पुर्याइदियो । बूढाबूढी दुवैलाई कोरोनाको लक्षण देखिएको तर स्वास्थ्य जाँच नगराई इन्दोरबाट भागेका थिए । यो दम्पती बस्ने घर र इलाका प्रहरीले सीलबन्दी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्