प्रवासमा रही जनयुद्ध सघाएका नेता अमृत थापाको निधनमा नेकपा बागमती प्रदेशको शोक वक्तव्य



२९ चैत २०७६, काठमाडौं

अखिल भारत नेपाली एकता समाजको केन्द्रिय उपाध्यक्ष हुँदै नेकपा माओवादी केन्द्रको सल्लाहकार रहनु भएका ७४ बर्षीय अमृत थापाको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीले शोक वक्तव्य जारी गरेको छ ।

प्रदेश पार्टी अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलद्वारा जारी शोक वक्तव्यमा, ‘नेपालको बामपन्थी राजनीतिमा निरन्तर क्रियाशिल भई, प्रवासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनमा सक्रिय सहभागी हुँदै नेतृत्व गर्दै आउनु भएको थियो । उहाँले तत्कालिन अवस्थामा भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको नजिक रहेर सक्रियतापूर्वक काम गर्दागर्दै २०३६ सालमा नेकपा(चौम)को सदस्यता लिनुभएको थियो । त्यहिबेला देखि उहाँले नेकपा (चौथो महाधिवेशन)को सक्रिय कार्यकर्ता हुँदै आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउनु भएको थियो । त्यस्तै उहाँ अखिल भारत नेपाली एकता समाजको केन्द्रिय उपाध्यक्ष, कलकत्ता जिल्ला पार्टी सेक्रेटरी र तत्कालिन नेकपा (माओवादी केन्द्र)को केन्द्रिय सल्लाहकार हुनुहुन्थ्यो । विशेष गरी उहाँले प्रवासको राजनीतिमा निकै ठूलो योगदान गर्नु भएको कुरा अविस्मणीय रुपमा रहेको छ । त्यस्तैगरी जनयुद्धको कठिन समयमा आर्थिक, भौतिक रुपमा अग्रपंक्तिमा रहेर योगदान गर्नुभएको थियो ।’ भनी उल्लेख गरिएको छ ।

नेकपा बागमती प्रदेशद्वारा जारी शोक बक्तव्य :

प्रतिक्रिया दिनुहोस्