लकडाउनमा कालो चिया बनाउन सिके भनेपछि ट्रोल भइन् रीमा



२९ चैत्र २०७६, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रका नायिकाहरु यतिबेला लकडाउनको समयमा आफूलाई किचनमा व्यस्त बनाइरहेका छन् । व्यस्त भएका कारण नायिकाहरुसँग खासै किचनमा पसेर खाना बनाउने समय हुदैँन ।

अहिले लकडाउनको कारण धेरै समय भएकाले प्राय नायिकाहरु खाना बनाउन सिकिरहेका छन् । यसैबिच नायिका रीमा विश्वकर्माको भने सामाजिक सञ्जालमा नराम्रोसँग ट्रोल भएको छ ।

उनले फेसबुकमा लाइभ आउँदै यो लकडाउनमा आफूले कालो चिया बनाउन सिकेको बताएकी छिन् । उनले कालो चिया बनाउन सिके भनेपछि उनको ट्रोल भएको हो । धेरैले उनलाई चर्चा कमाउने फण्डा गरेको बताइरहेका छन् त कतिले यस्तो भन्नु उनलाई शोभा नदिएको बताइरहेका छन् ।

हुन पनि कालो चिया नै बनाउन आउदैनथ्यो भन्ने रीमाको कुरा पत्याउन गाह्रै छ । व्यस्तताका कारण किचनमा पसेर खाना बनाउन त भ्याइनन् होला र खाना बनाउन आउदैन भने त्यो सामान्य नै हो । तर चिया नै पकाउन आउदैनथ्यो भन्ने रीमाको कुरा फ्यानलाई अपच हुनु अचम्मको कुरा भने होइन ।

प्रतिक्रिया दिनुहोस्