अक्षयको अर्को सहयोग : मास्क बनाउन दिए फेरि ३ करोड



२८ चैत्र २०७६, काठमाडौँ

कोरोना भाइरसको त्रास भारतमा बढेसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राहत कोष खडा गरेका थिए । जहाँ विभिन्न बलिउड सेलिब्रेटीहरुले आफूले सकेजति रकम सहयोग गरिरहेका छन् ।

बलिउड अभिनेता अक्षय कुमारले कोरोनाबाट प्रभावित व्यक्तिहरुको लागि २५ करोड सहयोग गरेका थिए । अहिले फेरि उनले अर्को ठूलो सहयोग गरेका छन् । उनले मास्क र पीपीई बनाउनको लागि ३ करोड डोनेट गरेका छन् ।

भारतमा कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । जसका कारण मास्क र पीपीईको पनि अभाव भएका कारण अक्षयले उक्त सामानहरु बनाउनको लागि रकम दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्