हलिउड टेलिभिजन स्टार २२ बर्षे काइली विश्वकै धनी युवास्टार



२८ चैत्र २०७६, काठमाडौँ

काइली जेन्नर हलिउडकी चर्चित टेलिभिजन स्टार हुन् । सानो उमेरदेखि मेहेनत गर्दै आएकी काइली विश्वकी धनी युवास्टारमध्येकी एक हुन् । मात्र २२ बर्षकी काइली विश्वको धनी युवास्टारको पहिलो स्थानमा पुग्न सफल भएकी छिन् ।

विश्वका धनी मानिसहरुको सूची सार्वजनिक गर्दै आएको म्यागेजिन फोब्र्सले मंगलबार अर्बपतीहरुको नाम सार्वजनिक गरेको छ । जसमा, लगातार दोश्रो पटक टीभी स्टार काइली जेन्नर पहिलो स्थानमा छिन् ।

आफ्नै मिहिनेतले काइली सानो उमेरमा नै विश्वकै धनाढ्य यूवा स्टारको सूचीमा छिन् ।

उनको कुल सम्पत्ती एक सय करोड डलर रहेको बताइएको छ । काइली गतबर्ष पहिलो पटक विश्वकै अर्वपत्तीको सूचीमा अटाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्