कोरानाको कारण शुन्य जस्तै विश्व बिज्ञान क्षेत्र



२८ चैत २०७६, काठमाडौं

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार कोराना भाइरस (कोभिड–१९) लाई बिश्व महामारी रोगको रुपमा घोषणा गरि सकेको छ । कोराना भाइरस सन् २०१९ डिसेम्बरमा चीनको बुहानमा देखा परेको थियो । विश्व मानव नै संकट पर्ने गरि फैलिरहेको छ । आज बिश्व पुरै तटस्थ छ जब कुनै समस्या आउँछ त्यसको उपाए हुन्छ नै त्यस उपाएको खोजीमा हजारौं बैज्ञानिक अनुसन्धानकर्ताका लागि परेको हामीलाई थाहा त छँदैछ । जब बिश्वमा महामारी संकट आउँछ सामान्य रुपमा कहिले लिन हुन्न हामी मानव जातीले मानव माथिको अस्तित्व माथिको संकटमा कोही मुख दर्शक हुन सक्दैनौं, हुन हुन्न ।

आज आएर हामीले जति समस्या जति भोगिरहेका छौं यो कोरानाबाट चीनलाई बिश्व समुदायले हेपाहा अहमता अर्कोलाई समस्या पर्दा मुखदर्शक जस्तो प्रबिधि गरेको देखिन्छ । त्यही कारण विश्व अहिले थिलथिलो अबस्थामा पुगेको छ । विशेषत अहमतावादले अहिले अमेरिका कस्तो अवस्थामा गुर्जिरहेको छ । सबैलाई सर्वविदितै छ । हामी मानव जाती अरुलाई समस्या पर्दा जब मुख दर्शक बन्छौं त्यहींबाट समस्या उत्पादन हुन्छ अरुको समस्या सानो ठान्ने आफूलाई पर्दा सहयोगको अपेक्षा गर्ने आतिन्छौं निराशा हुन्छौं । जब त्यतिबेला गाह्रो महामारी सिर्जना गाह्रो अवस्थामा पुगिसकेको हुन्छ जटिल हुन्छ नै अहिले बैज्ञानिक अनुसन्धान चिकित्सकलाई दोष दिनुभन्दा आफूले यो अवस्थामा सिर्जना हुन के गल्ती गर्‍यौं त्यसको मनन गरी आफूले गर्नुपर्ने कामलाई सुधार गर्नु नै महान हुनेछ । जब बिश्व अनुसन्धानकर्ता तिब्र गतिमा महामारी निर्मुलका लागि रहँदा जति हामीले बैकल्पिक उपाए, अपनाउँदा पनि चिकित्सा अनुसन्धानले नै हामीलाई जोगाउने हो सोची कसैमाथी धावा नबोली आफूले गर्ने काममा विशेष ध्यान दिन जरुरी हुन्छ । यो बिकल्प नै अहिलेको लागि बैज्ञानिक विधि हुनेछ ।

किन कि यो नयाँ केस भएकोले गर्दा अनुसन्धान तीब्र त छँदैछ । त्यसैले हामी अहिले आ–आफ्नो ठाँउबाट जिम्मेवार बनौं आफूले पालना गर्ने कुरामा विशेष ध्यान दिऔं हामी बिश्व मानव अस्तित्वको लागि लडिरहेको बेला हामी कसैलाइ छुट हुने छैन र हामी पनि अछुतो रहदैनौं । हामीले पालना गर्ने नियम म मा मात्र सिमित छैन अहिले हामी, समाज, राष्ट्र हुँदै बिश्व मानवका लागि हितकार हुनेछ । त्यसैले सरकारले लागू गरेको लकडाउनलाई पूर्ण पालना गर्दै आफूले गर्न सक्ने सहयोग गरि धैर्य गरौं । डब्लुएचओको मापदण्ड अनुसार नियम पालना गरी स्वास्थ्य समस्या पर्दा घरमै सक्दो फोन कलबाट नै समस्या समाधान गर्ने प्रयास गर्ने,  नियमित साबुन पानीले हात धोऔं । अति आबश्यक काममा बाहिर निस्किदा मास्क र पञ्चा प्रयोग गरौं, सामाजिक दुरी कायम गर्ने, सेनिटाइजरले हात सफा गर्ने गरौं, अहिलेको लागि यो नै बैज्ञानिक विधि उपचारसिद्ध हुनेछ । आ–आफ्नो ठाउँबाट लागौं, अवश्य बिश्व इतिहासमा ठूला समस्या नआएका होइनन् हामीले ती महामारीबाट जितेको इतिहास छन् । कोरोनाबाट पनि अवस्य जितिन्छ बाँकी यहि चिकित्सा बिज्ञान अनुसन्धानले नै हामीलाई पूर्ण रुपमा बचाउँनेछ । ढिलोचाँडो मात्र हो । कसैप्रति धावा बोल्ने चिकित्सा क्षेत्रलाई नै दोष दिने केही गरेन भन्ने काम नगरौं । कोरानाले विश्व बिज्ञान क्षेत्र जस्तै बनाए पनि अन्तिममा यहि चिकित्सा बिज्ञान प्रविधिले नै हामीलाई बचाउनेछ ।

धन्यवाद !!!

मनसिंह धामी
अध्यक्ष
अनेरास्ववियु CTEVT उपत्यका कमिटी

 

प्रतिक्रिया दिनुहोस्