कोरोनाका कारण समस्यामा परेका मजदुरलाई किरण केसी (रातामकै) ले गरे सय बोरा चामल र दश हजार मास्क सहयोग



२८ चैत्र २०७६, काठमाडौँ

नेपाली चलचित्र जगतमा अझै पनि राता मकैको नामले परिचित हाँस्य कलाकार किरण केसीले कोरोनाका कारण समस्यामा परेका आफ्ना घर छेउका मजदुरहरुलाई सहयोग गरेका छन् ।

दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउन मजदुरहरु लकडाउनका कारण समस्यामा परेपछि उनले महालक्ष्मी नगरपालिकालाई १०० बोरा चामल र १० हजार मास्क वितरण गरेका छन् ।

उक्त नगरपालिकाले राता मकैले वितरण गरेको मास्क र चामल मजदुरहरुलाइ बाडिदिने बताइएको छ ।

राता मकै सँगै अन्य चलचित्रकर्मीले पनि यतिबेला समस्यामा परेका व्यक्तिहरुलाई आफूले सक्ने सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्