लकडाउनमा प्रियंका : नयाँ घर सजाउँदै, चलचित्रको स्क्रिप्ट लेख्दै



२६ चैत्र २०७६, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको निकै तारिफ भैरहेको छ । उनीहरुले लकडाउका कारण खाना खान नपाएका जनावरहरुलाई खाना खुवाउनको लागि १ लाख सहयोग गरेका थिए । जसका कारण फ्यानले उनीहरुको तारिफ गरिरहेका छन् ।

यस्तै लकडाउनका कारण क्वारेन्टाइनमा रहेकी प्रियंका आफ्नो समय श्रीमान आयुष्मानसँग रमाइलो गरेर बिताइरहेकी छिन् । यतिबेला आयुष्मान र प्रियंका उनीहरुको नयाँ घरमा बसिरहेका छन् । उनीहरुको नयाँ घर भैसेपाटीमा रहेको छ ।

यस्तै अहिले प्रियंका आफ्नो समय आफ्नो नयाँ घरको सजावट गरेर बिताइरहेकी छिन् । व्यस्त भएका कारण उनले आफ्नो घरको सरसफाई र सजावट राम्रोसँग गर्न पाएकी थिइनन् । तर अहिले भने उनीसँग प्रशस्त समय छ । घरको सजावट गर्ने । यस्तै प्रियंका चलचित्रको स्क्रिप्ट पनि लेखिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्