आज तामिल स्टार अल्लू अर्जुनको जन्मदिन, फ्यानले यसरी दिए शुभकामना



२६ चैत्र २०७६, काठमाडौँ

अल्लू अर्जुन बहुचर्चित दक्षिण भारतीय अभिनेता हुन् । उनले धेरै सुपरहिट तामिल चलचित्रमा काम गरिसकेका छन् । तामिलमा उनको फ्यान क्रेज पनि लोभलाग्दो नै रहेको छ ।

आज उनै अभिनेताको जन्मदिन रहेको छ । आज अल्लू आफ्नो ३७ औँ जन्मदिन मनाइरहेका छन् । लकडाउनका कारण यसपालीको उनको जन्मदिन अन्य बर्षको तुलनामा सामान्य रहेको छ । किनकी उनी घरमा नै समय बिताइरहेका छन् ।

तर सामाजिक सञ्जालमा उनका फ्यानले उनको तस्बिर सेयर गरेर जन्मदिनको शुभकामना दिइरहेका छन् । साथै उनले कोरोनाबाट प्रभावित व्यक्तिहरुको लागि रकम दिएर सहयोग पनि गरेका थिए । उनै अल्लूलाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्