बर्षको अन्तिम रिलिज चलचित्र बने ‘आमा’ र ‘सेन्टि भाइरस’



२६ चैत्र २०७६, काठमाडौँ

कोरोनाको कारण मानिसको दैनिक जीवनमा त असर परेको नै छ । साथै यसको असर चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष देखिएको छ । यतिबेला कोरोनाको कारण देशभरका सिनेमा हलहरु बन्द छन् । छायांकनरत चलचित्रको छायांकन पनि रोकिएको छ ।

यसबर्ष आशा गरिएका धेरै चलचित्रहरु प्रदर्शनमा आउन बाकिँ नै थिए । तर कोरोनाको कारण फागुनदेखि नै चलचित्रको प्रदर्शन ठ्याप्प रोकियो । यस बर्षको अन्तिम चलचित्र बने धुर्मुस सुन्तलीको सेन्टि भाइरस र आमा ।

यी दुवै चलचित्र फागुन ९ गतेबाट प्रदर्शनमा आएका थिए । दुवै चलचित्रले राम्रो कमाइ गर्न सफल भए । हुन त यी चलचित्र चल्ने समयदेखि नै कोरोना भाइरस को त्रास बढिसकेको थियो । जसका कारण नै अन्य चलचित्रहरुले प्रदर्शन मिति पछाडी सारिदिए ।

अब यस बर्ष रिलिज नभएका चलचित्र कहिले रिलिज हुने हुन् त्यो भने थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्