रीमाले भनिन्, ‘पैसा अब दुनियाँमा प्रमुख शक्ति रहेन’



२६ चैत्र २०७६, काठमाडौँ

लकडाउनका कारण यतिबेला नायिका तथा होस्ट रीमा विश्वकर्मा घरमा परिवारसँग समय बिताइरहेकी छिन् । निकै व्यस्त भएका कारण केही बर्षदेखि उनले घरमा त्यति समय बिताउन पाएकी थिइनन् ।

झन् यो बर्ष त उनी निकै नै व्यस्त भएकी थिइन् । तर अहिले कोरोनाका कारण गरिएको लकडाउनका कारण उनले परिवारलाई समय दिन पाएकी छिन् । रीमा आफ्नो समय फिल्म, सिरिज हेर्नुका साथै केही पुस्तक पनि पढिरहेकी छिन् ।

यसैबिच हालैमात्र रीमाले सामाजिक सञ्जालमा एक तस्बिर पोष्ट गर्दै सबैलाई अहिलेको समयमा सुरक्षित रहन आग्रह गरेकी छिन् । तस्बिरमा उनले दुई हात जोड्दै कोरोनाको युद्ध हामी सबैले मिलेर जित्नुपर्ने बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘दुनियाँ शान्त छ । हावा सफा छ । हामी स्वच्छता र स्वास्थ्यप्रति जागरूक छौं । व्यस्त तालिका विश्राममा बदलिएको छ ।’

उनले अगाडि लेखेकी छन्, ‘फास्ट फूडलाई घरमा पाकेको खानेकुराले प्रतिस्थापन गरेको छ । सबै जना एकअर्कासँग कुरा गर्दै र सँगै भोजन गर्दैछन् । पैसा अब संसारमा प्रमुख शक्ति जस्तो देखिँदैन ।’ यो समयमा सबैले सबैका लागि प्रार्थना गरिरहेको उनको भनाई छ । अहिले एकअर्कासँग कुरा गर्ने र मुस्कुराउने समय रहेको बताउँदै उनले सुरक्षित र सकारात्मक रहन पनि अपिल गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्