कोरोना प्रभावित व्यक्तिलाई बलिउड अभिनेता आमिर खानले गरे सहयोग



२६ चैत्र २०७६, काठमाडौँ

बलिउड अभिनेता आमिर खानले पनि कोरोनाबाट प्रभावित व्यक्तिहरुलाई सहयोग गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा रकम दिएर सहयोग गरेका हुन् । तर आमिरले कति रकम सहयोग गरे भन्ने कुरा चाहिँ खुलेको छैन ।

आमिरले कति सहयोग गरेको भनेर खुलाउन चाहेनन् । तर उनले धेरै रकम दिएको भारतीय मिडियाले जनाएको छ ।

अहिले भारतमा पनि लकडाउन भएकाले यतिबेला सम्पूर्ण कलाकारहरु परिवारसँग समय बिताइरहेका छन् । आमिरले यस्तो बेलामा घरबाट बाहिर ननिस्कन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्