सलमान समक्ष पुग्यो १६ हजार मजदुरहरुको विवरण, पैसा पठाउन गरिसके सुरु



२६ चैत्र २०७६, काठमाडौँ

बलिउडका सुपरस्टार सलमान खानले केहीसमय अघि लकडाउनका कारण काम नपाएपछि समस्यामा परेका २५ हजार मजदुरहरुलाई सहयोग गर्ने जिम्मा लिएका थिए ।

भारतीय मिडियाका अनुसार फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज ९एफडब्ल्यूआइसीई० ले १९ हजार श्रमिकको खाता विवरण प्राप्त गर्यो । तीमध्ये केही श्रमिकले स्वेच्छाले आफ्नो आर्थिक स्थिती महामारीसँग जुध्नका लागि स्थिर भएको बताउँदै एफडब्ल्यूआईसीईसँग पैसाको आवश्यकता पर्नेहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।

यतिबेला सलमान समक्ष १६ हजार मजदुरहरुको विवरण पुगेको छ । किनकी १९ हजार मजदुरहरुमध्ये ३ हजार मजदुरलाई एसराज फिल्मसले नै सहयोग गरिसकेको छ । जसका कारण अब सलमानले १६ हजार मजदुरहरुको खर्च बेहोर्ने छन् । सलमानले ती मजदुरहरुको लागि पैसा पठाउन सुरु समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्