कोरोनाविरुद्ध लड्न अमेरिकी गायिका लेडी गागाले एक हप्तामा उठाइन् ४ अर्ब



२६ चैत्र २०७६, काठमाडौँ

अमेरिकी चर्चित गायिका लेडी गागा यतिबेला कोरोना भाइरसबाट प्रभावित व्यक्तिहरुको सहयोगको लागि रकम जुटाइरहेकी छिन् । लेडी गागाले अहिलेसम्म करिब ४ अर्ब रकम जम्मा गरिसकेकी छिन् ।

उनी कोरोना भाइरस विरुद्धको लडाईका लागि यति धेरै खटिरहेकी छिन् कि उनले करिब १ हप्ताको समयमा यति रकम उठाएकी हुन् ।

‘ग्लोबल सिटिजन’ नामक कल्याणकारी संस्थामार्फत उठाइएको रकमबाट एउटा सचेतनामूलक टिभी शो सञ्चालन गर्नेछिन् ।

नी र उनको संस्था ग्लोबल सिटिजनले ‘वान वर्ल्ड टुगेदर एट होम’ नामक टिभी कार्यक्रम सञ्चालन गर्नेछ जसमा पल म्इाक कार्टनी, स्टिभ उन्डर र बिल्ली इलिस लगायतको भूमिका रहने बताइएको छ ।

यतिबेला लेडी गागाको चौतर्फी तारिफ भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्