लकडाउनमा दाउरा बालेर खाना पकाउँदै अभिनेता आर्यन सिग्देल



२५ चैत्र २०७६, काठमाडौँ

लकडाउनका कारण यतिबेला अधिकांश कलाकार घरमा परिवारसँग समय बिताइरहेका छन् । लकडाउनको समय कसैले पुस्तक पढेर, कसैले चलचित्र हेरेर त कसैले घरको काम गरेर बिताइरहेका छन् ।

यसैबिच नायक आर्यन सिग्देलले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरेका छन् । जुन तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । तस्बिरमा आर्यन सिग्देलले घर बाहिरको आगनमा आगो बालेर खाना बनाइरहेको देख्न सकिन्छ ।

उक्त तस्बिरमा धेरै दर्शकले प्रतिक्रिया दिएका छन् । तस्बिरको क्याप्सनमा आर्यनले लेखेका छन्, आगोमा पकाएको खानाको स्वाद नै बेग्लै । साथै आर्यनले अहिले सबैले सुरक्षित रहन जरुरी भएकाले घरमै बस्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्