बर्षाको गुनासो, ‘अहिले सहयोगमा कसले कसलाई जित्यो भन्ने प्रतिस्पर्धा चलेको छ’



२५ चैत्र २०७६, काठमाडौँ

बलिउड कलाकारहरु अहिले कोरोेनाको युद्ध एकजुट भएर लड्न लागिपरेका छन् । कोरोनाबाट प्रभावित व्यक्तिहरुलाई उनीहरुले सहयोग गरिरहेका छन् ।

यसैबिच कलाकार दिपकराज गिरीले भने बलिउड कलाकारहरु एकअर्कासँग मिलेर अगाडी बढिरहदाँ नेपाली कलाकारमा पनि आफै मात्र हिरो बन्ने प्रतिस्पर्धा चलिरहेको भनेर गुनासो पोखेका थिए ।

उनले फेसबुकमा स्टाटस लेख्दै नेपाली कलाकारले बलिउड कलाकारबाट केही सिक्न आवश्यक रहेको बताएका थिए । उनको स्टाटसमा नायिका बर्षा राउतले पनि कमेन्ट गरेकी छिन् ।

दिपकको समर्थन गर्दै बर्षाले लेखेकी छिन्,  ‘यहाँ प्रतिस्पर्धा पो छ नी । कसले धेरै दियो, कसले कसलाई जित्यो, फलानोले ढिस्कानोको कपी गर्यो ।’

प्रतिक्रिया दिनुहोस्