कनिकापछि यी बलिउड नायिकामा देखियो कोरोना संक्रमण



२५ चैत्र २०७६, काठमाडौँ

बलिउड गायिका कनिका कपुर कोरोना संक्रमित भएका कारण १५ दिनसम्म अस्पतालमा बसेपछि हिजोमात्र डिस्चार्ज भएकी छिन् । अहिले उनी पूर्णरुपमा स्वस्थ्य छिन् ।

कनिकापछि अर्की बलिउड नायिकामा कोरोना संक्रमण देखिएको छ । बलिउड नायिका तथा सह–निर्देशक जोया मोरानीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जोया मोराना फिल्म निर्माता करिम मोरानीकी छोरी हुन् ।

गत हप्ता उनकी उनकी बहिनी शाजा मोरानीको रिपोर्ट पेजेटिभ आएपछि उनको परीक्षण गरिएको छ । कोरोनाभाइरसद्वारा संक्रमित पाएपछि उनी सोमबार अस्पतालमा भर्ना भएकी छिन् ।

जोयालाई कोरोनाको कुनै लक्षण देखिएको थिएन । तर बहिनी कोरोना संक्रमित भएपछि उनको टेस्ट गराइएको थियो । टेस्टमा उनको कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्