‘सुनसान सडकले दिक्क लागिसक्यो, चाडै चहलपहल देख्न पाइयोस्’ : कपिल शर्मा



२५ चैत्र २०७६, काठमाडौँ

भारतका चर्चित कमेडियन कपिल शर्मा लकडाउनका कारण यतिबेला छोरीसँग समय बिताइरहेका छन् । उनले यस समयमा आफ्नो समय छोरीसँग खेलेर, खाएर सुतेर बितिरहेको बताएका छन् ।

यस्तै कपिलले मुम्बईमा बसेदेखि पहिलो पटक कोइलीको आवाज सुनेको बताएका छन् । यस्तै कपिलले सुनसान सडक देखेर आफूलाई दिक्क लागिसकेको बताएका छन् । कपिलले चाडै कोरोनाको त्रास सकिएर सबैजना सामान्य जीवनमा फर्किएको हेर्ने इच्छा पनि व्यक्त गरेका छन् ।

कपिलले अहिले कुनै काम गर्न नपाएकाले आफूलाई पनि दिक्क लागिसकेको बताएका छन् । माहोल सामान्य हुने बित्तिकै उनी पुनः आफ्नो दैनिक काममा फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्