जब निखिललाई माग्ने बुढाले भने- नमस्कार दादा, निखिलले हात हल्लाए



२५ चैत्र २०७६, काठमाडौँ

कुनै समयका चर्चित अभिनेता निखिल उप्रेती लकडाउनका कारण यतिबेला क्वारेन्टाइनमा रहेका छन् । खासै सामाजिक सञ्जालमा व्यस्त नहुने निखिल आजभोली भने आफ्नो समय सामाजिक सञ्जालमा नै व्यतित गरिरहेका छन् ।

कहिल्यै फेसबुक नचलाउने निखिलले केहीदिन अघिमात्र फेसबुक अकाउण्ट पनि खोलेका छन् । निखिल बेला बेलामा लाइभ पनि आउने गरेका छन् । केहीदिन अघिमात्र निखिल फेसबुकमा लाइभ आएका थिए ।

उनले लाइभमा आफ्ना फ्यानसँग अहिलेको देशको अवस्थाबारे कुरा गरे । साथै निखिलले सबैलाई अहिलेको समयमा घरमा नै सुरक्षित रहन पनि आफ्ना फ्यानलाई आग्रह गरे ।

उनको लाइभमा कलाकार केदार घिमिरे अर्थात माग्नेबुढा पनि जोडिएका थिए । माग्नेबुढाले निखिललाई नमस्कार दादा भनेर कमेन्ट गरेका थिए । जहाँ निखिलले भने,  मैले माग्ने बूढालाई पनि देखिरहेको छु । उहाँलाई हेलो भन्न चाहन्छु । सुरक्षित रहनुहोला ।

साथै निखिलले लाइभमा कोरोना हाम्रै कारणले आएको भन्दै यसलाई रोकथाम पनि हामीले नै गर्न सक्ने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्