सलमान खानले भने, ‘म निकै डराएको छु’



२४ चैत्र २०७६, काठमाडौँ

यतिबेला कोरोना भाइरसका कारण पुरा विश्व नै त्रासित छ । सेलिब्रेटीहरु सामाजिक सञ्जालमा दिनदिनै मानिसलाइ घरबाट बाहिर ननिस्कन आग्रह गरिरहेका छन् ।

यसैबिच बलिउड अभिनेता सलमान खानले सामाजिक सञ्जालमा हालै एक भिडियो सार्वजनिक गरेका छन् । जहाँ उनले आफू डराएको बताएका छन् । उनले आफू कोरोनाबाट निकै डराएको र डराएको मानिस नै कोरोनाबाट सुरक्षित रहन सक्ने बताएका छन् ।

साथै सलमानले अन्य मानिसलाई पनि कोरोनादेखि डराएर आफू सर्तक रहन आग्रह गरेका छन् । यसबाहेक सलमान कोरोनाबाट प्रभावित व्यक्तिहरुको लागि सहयोग पनि गरिरहेका छन् । उनले ५५ सय परिवारको रेखदेख गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्