कोरोनाबाट प्रभावित १ लाख मजदुरलाई सहयोग गर्दै अमिताभ बच्चन



२४ चैत्र २०७६, काठमाडौँ

यतिबेला बलिउड सेलिब्रेटीहरुले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिदिएर देशको मुश्किल घडीमा सहयोग गरिरहेका छन् । कसैले खाद्यान्न दिएर, कसैले बस्नको लागि घर मिलाइदिएर त कसैले रमक दिएर नै सहयोग गरिरहेका छन् ।

तर बलिउडका निकै चर्चित अभिनेता अमिताभ बच्चनले भने सहयोग गरेको समाचार त्यति आएन । जसका कारण उनको धेरथोर आलोचना पनि भयो । तर अमिताभले पनि कोरोनाका कारण समस्यामा परेकाहरुको लागि निकै ठूलो सहयोग गरेका छन् ।

अमिताभले १ लाख घरमा महिनाभरको खाद्यान्न पुर्याइदिने भएका छन् । यो निकै नै ठूलो कुरा हो । उनले सोनी पिक्चर्स इन्डिया कल्याण ज्वेलर्सलाई समर्थन गर्दै खाद्यान्न उपलब्ध दिने बताएका हुन् ।

सोनी पिक्चर्सले यसबारेमा ट्वीट गर्दै जानकारी दिएको छ । अमिताभले देशभरका एक लाख घरमा महिनाभरको रासन पुर्याउनेछन् ।

प्रतिक्रिया दिनुहोस्