लकडाउनमा खाना पकाउँदै, पुस्तक पढ्दै बलिउड गायिका श्रेया घोसाल



२४ चैत्र २०७६, काठमाडौँ

बलिउडकी चर्चित गायिका श्रेया घोसाल यतिबेला लकडाउनका कारण क्वारेन्टाइनमा रहेकी छिन् । उनी यसबेला पनि आफ्नो रियाज गर्न भने छोडेकी छैनन् ।

यस्तै अहिले उनले आफ्नो समय खाना पकाउँदै, पुस्तक पढ्दै बिताइरहेकी छिन् । उनले अरुलाई पनि यस समयमा घरमै बस्न आग्रह गरेकी छिन् ।

उनलाई एक फ्यानले ट्वटरमा तपाइ कसरी समय बिताइरहनु भएको छ भनेर प्रश्न गर्दा जवाफमा उनले भनिन्, ‘खाना बनाएर, घरको सफाइ गरेर,गीत गाएर, रियाज गरेर अनि पढेर अनि सुतेर बिताइरहेकी छु।’

प्रतिक्रिया दिनुहोस्