सामाजिक सञ्जालमै बित्छ अधिकांशको समय



२३ चैत २०७६, काठमाडौं

कोरोना भाइरस, (कोभिड-१९)कोे जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् ।

घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दो माध्ययमका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको काठमाडौँका बिनोद फुँयाल बताउनुहुन्छ । “सरकारले गरेको निर्णयप्रति मेरो पूर्ण रुपमा समर्थन छ, तसर्थ मैले घरभित्रै बसेर नियमको पालना गरिरहेको छु”, उहाँले भन्नुभयो । कतिपय मानिस घरबाहिर निस्कने गरेकोमा भने उहाँको आक्रोस छ । उहाँ भन्नुहुन्छ, “सरकारले हाम्रै स्वास्थ्यको सुरक्षाको लागि नियम लागू गरेको छ, आखिर के का लागि नियमको उल्लङ्घन गरेको रु” नियमको उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको बुझाइ छ ।

त्यस्तै प्रह्लाद चापागाईंको दैनिकी पनि सामाजिक सञ्जाल फेसबुक र युट्युव चलाएरै बित्ने गर्छ । उहाँले दिनहुँ युट्युवमा मनोरञ्जनात्मक सामग्री हेरेर समय बिताइरहनुभएको छ । मजदुरी गरेर जिविका चलाउने उहाँको जीवन भने केही कष्टकर नभएको होइन । “सरकारले राहत सामग्री समयमै उपलब्ध गराइदिए खासै समस्या हुने थिएन्”, उहाँले भन्नुभयो ।

अधिकांश समय घरबाहिरै बिताउनेहरु लकडाउन आज तेह्र दिन भए पनि अझै थप्नुपर्ने माग राख्छन् । कोरना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले केही साता लकडाउन थप्नुपर्ने भूगर्भविद अमृत ढकाल बताउनुहुन्छ । भन्नुहुन्छ, “अहिले सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नु अहिलेको बुद्धिमानी हो ।” सामाजिक सञ्जालमै समय बिताइरहनुभएका उहाँ पहिले अधिकांश समय बाहिरै बिताउनुहुन्थ्यो । आजकल परिवारसँगै समय बिताउन पाउँदा उहाँ निकै हर्षित हुनुुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्