कोरोनाको संक्रमण बढिरहेको बेला अमेरिका उडे अभिनेता सरोज खनाल



२३ चैत्र २०७६, काठमाडौँ

अहिले कोरोना भाइरसको संक्रमण अमेरिकामा निकै बढ्दै गएको छ । अमेरिकामा दिनहु निकै मान्छेको कोरोनाको कारण ज्यान गएको छ । यसैबिच अभिनेता सरो खनाल भने अमेरिका भासिएका छन् ।

अमेरिका जाने प्लान गर्दा गर्दै लकडाउन शुरु भएर उनि यतै अड्किएका थिए । उनले भनेका थिए ‘म त बाठो भएर अमेरिका अप(डाउनकै टिकट बुक गरेको थिएँ, नातिको पास्नीको लागि । क्यान्सिल भयो । अब चार्टर्डबाट जाँदैछु ।’

उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् । उनी पनि लामो अमेरिका बसाई पछि नेपाल फर्किएर अभिनय सँगसँगै व्यापार पनि सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्